Like us!
Follow us!
Connect us!
Watch us!

पीपीए गरेका जलविद्युत् तथा सौर्य आयोजनालाई प्राधिकरणको ७ दिने अल्टिमेटम, प्रगति विवरण नबुझाए कारबाही

अर्थ संसार

सोमबार, ०८ असार २०८३, ०७ : ४३ मा प्रकाशित

पीपीए गरेका जलविद्युत् तथा सौर्य आयोजनालाई प्राधिकरणको ७ दिने अल्टिमेटम, प्रगति विवरण नबुझाए कारबाही

नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई सात दिनभित्र आफ्नो प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ।

प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालयको विद्युत् व्यापार विभागले सार्वजनिक सूचना जारी गर्दै निर्माणाधीन आयोजनाको अद्यावधिक अवस्था, निर्माण प्रगति, सम्पन्न हुने अनुमानित समय तथा परियोजनासम्बन्धी अन्य आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

विभागका अनुसार पीपीए सम्झौताबमोजिम निर्माणाधीन आयोजनाहरूले चौमासिक रूपमा प्रगति प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्दै विभागले सबै सम्बन्धित प्रवर्द्धक कम्पनीलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अद्यावधिक प्रगति प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

सूचनामा तोकिएको समयसीमाभित्र प्रगति विवरण पेश नगर्ने कम्पनीमाथि पीपीए सम्झौतामा उल्लेखित प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट उल्लेख गरिएको छ। यससँगै प्राधिकरणले आयोजनाहरूको निर्माण अवस्थाबारे नियमित निगरानीलाई थप प्रभावकारी बनाउन खोजेको देखिएको छ।

प्राधिकरणका अधिकारीहरूका अनुसार पछिल्लो समय विभिन्न कारणले केही आयोजनाहरूको निर्माण कार्य प्रभावित हुँदै आएको गुनासो र जानकारी प्राप्त भइरहेका छन्। यस्ता आयोजनाको वास्तविक अवस्था बुझ्न, निर्माण प्रगतिमा देखिएका समस्या पहिचान गर्न तथा विद्युत् उत्पादनको सम्भावित समयरेखा स्पष्ट पार्न यो विवरण संकलन प्रक्रिया सुरु गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको