Like us!
Follow us!
Connect us!
Watch us!

कोभिडको मारमा सोल्टी होटलः १८.६० करोड नोक्सानी हुँदा प्रतिसेयर आम्दानी ऋणात्मक

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, ०७ : १४ मा प्रकाशित

कोभिडको मारमा सोल्टी होटलः १८.६० करोड नोक्सानी हुँदा प्रतिसेयर आम्दानी ऋणात्मक

सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथोे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा व्यापक गिरावट देखिएको छ । 

चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी १८ करोड ६० लाख ४६ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ । तर गत आर्थिक वर्षको यसै अवधिको कम्पनीले ११ करोड २० लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधिसम्ममा कम्पनीको सञ्चालन मुनाफामा ६६ प्रतिशतले गिरावट आएको छ । गत बर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा १ अर्ब २६ करोड ४० लाख रुपैयाँ रहेकोमा अहिले त्यो घटेर ४३ करोड १३ लाख ७७ हजार रुपैयाँमा सिमित हुन पुगेको छ । 

यसैगरी, समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीले चुक्ता पूँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ भने कम्पनीको रिजर्भको आकार भने २४ प्रतिशतले घटेर ६२ करोड ११ लाख ५९ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, कम्पनीको खुद मुनाफामा व्यापक गिरावट आएसंगै प्रतिशेयर आम्दानी पनि ऋणात्मक देखिएको छ । गत बर्ष १.३३ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो अवधिमा घटेर २.२१ रुपैयाँ ऋणात्मक हुन पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७ रुपैयाँ ३७ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको