Like us!
Follow us!
Connect us!
Watch us!

सबैको लघुवित्तको बोनस सेयर सेयरधनीको हितग्राही खातामा

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, ०८ : ०३ मा प्रकाशित

सबैको लघुवित्तको बोनस सेयर सेयरधनीको हितग्राही खातामा

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले १० दशमलव ५० प्रतिशत बोनस सेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । 

संस्थाको चैत १४ गते सम्पन्न चौथों वार्षिक साधारणसभाले १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाले लाभांश प्रयोजनका लागि फागुन २८ गतेदेखि बुक क्लोज गरेकाले फागुन २७ गतेसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा मात्र उक्त बोनस शेयर जम्मा गरिएको हो । 

फागुन २७ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको