चालु आर्थिक बर्षमा नेपाल धितोपत्र बोर्डमा विभिन्न ११७ कम्पनीहरुको बोनस सेयर सुचिकृत भएको छ । जेठ ९ गतेसम्मको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षमा ११७ कम्पनीको ५४ करोड २ लाख ६७ हजार ३०५ कित्ता सेयर सुचिकृत भएको छ ।
सेवोनका अनुसार जेठ ९ गतेसम्म ५४ अर्ब २ करोड ६७ लाख ३० हजार ५५५ रुपैयाँ बराबरको बोनस सेयर सुचिकृत भएको छ । सूचिकृत भएका कम्पनीहरुको सेयर मध्य अधिकांश बोनस लगानीकर्ताहरुले प्राप्त गरिसकेका छन् ।
सूचिकृत बोनस सेयर मध्य अधिकांश कम्पनीले आर्थिक बर्ष २०७७ ७८ को मुनाफाबाट वितरण गरेको बोनस रहेको छ भने कतिपय कम्पनीहरुको बोनस आर्थिक २०७६ ७७ बाट समेत वितरण गरिएको छ ।
कम्पनीहरुले साधारण सभाबाट पारित गरेको बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचीकृत गराउनुअघि नियामक निकाय धितोपत्र बोर्डमा रजिष्ट्रेशन गराउने गर्दछन् ।
कुन कम्पनीको कति बोनसः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस