Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको अनलाइनमा भद्रगोल, लगानीकर्ता दोधारमा

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, १३ : ३९ मा प्रकाशित

नेप्सेको अनलाइनमा भद्रगोल, लगानीकर्ता दोधारमा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटमा भइरहेको लाइभ ट्रेडिंगको तथ्याङ्कमा गंभिर त्रृटी देखिएको छ ।

नेप्सेको मार्केट डेप्थमा मंगलबार युनियन लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७९९.७० रुपैयाँमा खरिद गर्न खरिदकर्ताहरु तयार रहदाँ कम्पनीको अन्तिम मूल्य भने २४ रुपैयाँले घटेर ७९२ रुपेयाँमा कारोबार भएको देखाइएको थियो । ७९९.७ रुपैयाँमा कम्पनीको सेयर खरिद गर्न लगानी कर्ताले खरिद आदेश गरेकाछन् भने ७९२.५ रुपैयाँ प्रतिकित्तामा बिक्रि आदेश पनि देखिन्छ तर यो सेयरको कारोबार भने भएको देखिदैन ।

नेप्सेको वेवसाइट र टिएमएसमा पहिलोपटक यस्तो समस्या देखिएको हैन बिगत देखिनै नेप्सेको अनलाईन कारोबारमा यस्ता समस्याहरु आइरहेका छन् । यो कुरा नेप्सेलाई सोध्दा नेप्से भने सधै प्राविधिक त्रृटि भन्दै तर्कनि गरेको छ । 

मार्केट डेप्थ र अन्तिम कारोबार मूल्य मनलाग्दी देखिँदा लगानीकर्ताहरु झुक्किएका छन् । अन्तिम कारोबार मूल्य र मार्केट डेप्थमा खरिद विक्री अर्डर दिइएको मूल्यमा आनको तान फरक छ, एक लगानीकर्ताले भने, अब कुन मूल्यमा सेयर किनबेच गर्न अर्डर गर्ने ?

611b75d06872b.JPG 611b75d83511c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको