Like us!
Follow us!
Connect us!
Watch us!

अब एटिएमबाटै नबिल बैंकमा रकम जम्मा गर्न सकिने

अर्थ संसार

बुधबार, ०२ भदौ २०७८, १७ : २९ मा प्रकाशित

अब एटिएमबाटै नबिल बैंकमा रकम जम्मा गर्न सकिने

ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले Nabil Cash Machine जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित हुँदै यस Nabil Cash Machine ले ग्राहकहरुलाई ATM मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।

यस प्रविधी बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेसिनमा एक हजार, ५ सय र एक सय रूपैयाँको नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् । एक पटकमा ९९ हजार ९ सय रूपैयाँ जम्मा गर्न सकिनेछ । नबिलको कुनै पनि बचत र चल्ती खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यसका साथै यस मार्फत ग्राहकहरुले आफ्नाे क्रेडिट कार्ड भुक्तानी पनि गर्न सकिनेछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको