Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकद्वारा ‘ग्लोबल मनी विक, २०२५’ देशव्यापी रूपमा सम्पन्न

अर्थ संसार

मंगलबार, १२ चैत्र २०८१, ०८ : ११ मा प्रकाशित

नबिल बैंकद्वारा ‘ग्लोबल मनी विक, २०२५’ देशव्यापी रूपमा सम्पन्न

नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’ को अवसरमा सातै प्रदेश केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। विश्वव्यापी रूपमा मार्च १७ देखि २३ तारिखसम्म मनाइएको ‘ग्लोबल मनी विक’ लाई बैंकले विशेष अभियानका रूपमा मनाउँदै देशभरका विद्यार्थी र युवामाझ वित्तीय सचेतना फैलाएको हो।

सातै प्रदेशमा वित्तीय साक्षरता अभियान

‘थिङ्क बिफोर यु फोलो, वाइज मनी टुमारो’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको यस अभियान अन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा चार हजारभन्दा बढी विद्यार्थी तथा युवालाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गरेको छ।

विद्यार्थी तथा युवाहरूलाई आर्थिक रूपमा सचेत गराउने उद्देश्यले बैंकले बचत, बजेट, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा जस्ता विषयमा जानकारी दिने कार्यक्रम सञ्चालन गर्यो। साथै, फाइनान्सियल इन्फ्लुएन्सर्सको प्रभावमा परी हचुवाको भरमा लगानी नगर्न सचेत गराउँदै शिक्षामूलक सत्रहरू सञ्चालन गरियो।

चार हजारभन्दा बढी युवाहरू लाभान्वित

नबिल बैंकका अनुसार सातै प्रदेशमा सञ्चालित वित्तीय साक्षरता कक्षामा सहभागी हुनेहरूमा कोशी प्रदेशका ७४४, मधेश प्रदेशका १,०६३, बागमती प्रदेशका ४४१, गण्डकी प्रदेशका ४३४, लुम्बिनी प्रदेशका ५०६, कर्णाली प्रदेशका ४०५ र सुदूरपश्चिम प्रदेशका ४०७ विद्यार्थी तथा युवा रहेका छन्।

नबिल बैंकको वित्तीय साक्षरता विस्तार र सामाजिक योगदान

वित्तीय साक्षरता विस्तार तथा डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित नबिल बैंकले वर्षभरि नै विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। साथै, सामाजिक उद्यमशीलता प्रवर्द्धनका लागि ‘नबिल एसएसई’ लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

बैंकले युवा तथा विद्यार्थीलाई लक्षित गरी सहुलियत ब्याजदरमा शैक्षिक कर्जा तथा युवा उद्यमशील कर्जा प्रवाह गरिरहेको छ। त्यस्तै, वित्तीय साक्षरता, उद्यमशीलता विकास, शिक्षा, स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनका क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरिरहेको छ।

नबिल बैंकले सञ्चालन गरेका यी कार्यक्रमहरू समाजमा सकारात्मक परिवर्तन ल्याउनका साथै हजारौँ मानिसको जीवनस्तर सुधार गर्न मद्दत पुगेको बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको