Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको नाफा १५% वृद्धि, लाभांश क्षमता १७% नाघ्यो

अर्थ संसार

मंगलबार, २७ साउन २०८२, ०८ : ३० मा प्रकाशित

नबिल बैंकको नाफा १५% वृद्धि, लाभांश क्षमता १७% नाघ्यो

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार, बैंकले समीक्षा वर्षमा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँभन्दा १५.०१ प्रतिशतले बढी हो।


लाभांश वितरण क्षमतामा सुधार

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकले १७.६४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राखेको छ, जुन अघिल्लो वर्षको ११.३९ प्रतिशतभन्दा उल्लेख्य वृद्धि हो।


सञ्चालन मुनाफामा २५% भन्दा बढी वृद्धि

गत वर्षको तुलनामा बैंकको सञ्चालन मुनाफा ८ अर्ब ६४ करोड ७६ लाख रुपैयाँबाट बढेर १० अर्ब ८४ करोड ७८ लाख रुपैयाँ पुगेको छ। यो २५.४४ प्रतिशतको वृद्धि हो।


ब्याज आम्दानी स्थिर स्तरमा

चौथो त्रैमाससम्म बैंकले १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको १६ अर्ब ३१ करोड ७३ लाख रुपैयाँको तुलनामा यो ०.०६ प्रतिशत मात्र बढेको हो।


पुँजी, रिटेन्ड अर्निङ र रिजर्भ

बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ कायम छ।
रिटेन्ड अर्निङ अघिल्लो वर्षको ३ अर्ब ८ करोड २९ लाख रुपैयाँबाट बढेर ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ।
रिजर्भ भने २८ अर्ब ५३ करोड ७० लाख रुपैयाँबाट बढेर ३१ अर्ब ९० करोड ९५ लाख रुपैयाँमा पुगेको छ।


निक्षेप संकलन र कर्जा प्रवाहमा वृद्धि

समीक्षा वर्षमा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष निक्षेप ४ खर्ब ६२ अर्ब ९ करोड रुपैयाँ र कर्जा ३ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ थियो।


एनपीएल घट्दै १% भन्दा तल

बैंकको खराब कर्जा अनुपात (एनपीएल) अघिल्लो वर्षको १.३७ प्रतिशतबाट घटेर ०.९५ प्रतिशतमा झरेको छ।


ईपीएस र नेटवर्थमा सुधार

वार्षिकीकृत ईपीएस २२.९० रुपैयाँबाट बढेर २६.३४ रुपैयाँ पुगेको छ।
पीई रेसियो २०.५५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २३५.५८ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको