Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकबाट बाहिरिँदै मुत्तुट फाइनान्स

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०८२, ०८ : ५९ मा प्रकाशित

नबिल बैंकबाट बाहिरिँदै मुत्तुट फाइनान्स

नबिल बैंकमा लामो समयदेखि संस्थापक लगानीकर्ता रहँदै आएको भारतीय कम्पनी मुत्तुट फाइनान्स लिमिटेड अब बाहिरिने तयारीमा रहेको छ। कोचीस्थित यो वित्तीय संस्थाले आफूसँग रहेका नबिल बैंकका संस्थापक सेयर बिक्रीमा राख्दै बैंकसँगको सम्बन्ध अन्त्य गर्न लागेको हो।

बैंकले जानकारी दिएअनुसार मुत्तुट फाइनान्सको नाममा रहेका ११ लाख ९८ हजार ५३१ कित्ता संस्थापक सेयर बिक्रीको प्रक्रियामा छन्। सुरुमा यो सेयर खरिद गर्ने प्राथमिक अधिकार नबिल बैंकका अन्य संस्थापक सेयरधनीलाई मात्रै दिइनेछ।

खरिदका लागि इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र काठमाडौंस्थित नबिल बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवालयमा निवेदन दर्ता गर्नुपर्नेछ। तोकिएको अवधिसम्म कुनै संस्थापकबाट माग नआएमा मात्र यो सेयर बाह्य व्यक्ति वा संस्थाका लागि खुला गरिने स्पष्ट गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको