Like us!
Follow us!
Connect us!
Watch us!

घाटामा गएर बन्द भएकाे श्रीराम सुगर मिल्सले डाक्याे साधारण सभा, के छन् एजेन्डा ?

अर्थ संसार

विहीबार, ०३ भदौ २०७८, १३ : ११ मा प्रकाशित

घाटामा गएर बन्द भएकाे श्रीराम सुगर मिल्सले डाक्याे साधारण सभा, के छन् एजेन्डा ?

घाटामा गएपछि स्थायी रुपमा बन्द भएको श्रीराम सुगर मिल्सले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे श्रावण १७ गते, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पच्चीसाैँ वार्षिक साधारण सभा भदौ २४ गते, बिहीबार अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।  

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

दुई दशकभन्दा पहिला रौतहट जिल्लामा स्थापना भएको कम्पनीकाे आर्थिक वर्ष ०७५/७६ सम्मकाे कुल घाटा २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ पुगेकाे थियाे । यसरी, हरेक वर्ष घाटामा गइरहेकाे हुँदा अन्य विकल्प बाँकी नरहेकाे भनी कम्पनीलाई श्रावण ११ गते, आइतबारबाट स्थायी रुपमा बन्द गरिएकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

611e0eaf3542f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको