Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश वितरण गर्न एनएमबि क्यापिटलका २ वटा म्युचुअल फण्डले ताेके बुकक्लोज मिति

अर्थ संसार

शुक्रबार, ०४ भदौ २०७८, १० : ५९ मा प्रकाशित

लाभांश वितरण गर्न एनएमबि क्यापिटलका २ वटा म्युचुअल फण्डले ताेके बुकक्लोज मिति

एनएमबि बैंक काेष प्रवर्द्धक रहेकाे एनएमबि क्यापिटल लिमिटेडले व्यवस्थापन गरेकाे २ वटा म्युचुअल फण्डहरूले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेका छन् ।

दुवै म्युचुअल फण्डले लाभांश प्रयाेजनका लागि भदाै १८ गते बुकक्लाेज गर्ने भएका छन् । त्यसैले, भदाै १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनएमबि क्यापिटलकाे साउन ३२ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको नाफाबाट एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई करसहित २० प्रतिशत र एनएमबि ५० का इकाईधनीहरूलाई करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

611f3a87a9579.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको