युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले वित्तीय प्रगति गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४ करोड ६० लाख ८२ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनी ४ करोड १४ लाख नोक्सानीमा थियो । कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएसँगै नाफामा सुधार आएको हो ।
सो अवधिमा कम्पनीको विद्युत् विक्री आम्दानी २७ प्रतिशतले बढेर १३ करोड ४५ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो नाफा १० करोड ५४ लाख ७६ हजार रुपैयाँ थियो ।
हाल ४२ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ८ लाख ४८ हजार रुपैयाँ सञ्चित छ । त्यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९७ पैसा, मूल्य आम्दानी अनुपात ४३ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २० पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस