Like us!
Follow us!
Connect us!
Watch us!

साेमबार यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाकाे अनुराेध

अर्थ संसार

सोमबार, ०७ भदौ २०७८, ०८ : २२ मा प्रकाशित

साेमबार यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाकाे अनुराेध

साेमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्युन चापीय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ ।

आज देशभर सामान्य बदली रहि  प्रदेश नं १, बागमती,  गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  भने, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको