Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको लिलामी सेयर खुल्याे, कसरी दिने आवेदन ?

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, ११ : ३० मा प्रकाशित

डिप्रोक्स लघुवित्तको लिलामी सेयर खुल्याे, कसरी दिने आवेदन ?

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (भदाै ८ गते, मंगलबार) बाट संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । संस्थाले ३५ हजार कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ६ सय ८५ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदाै २८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले सानिमा क्यापिटल लिमिटेड, पुतलिसडक, काठमाडाैँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :

61248973cf9e9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको