Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाट नेपाल लाइफको प्रिमियम तिर्दा १५ सयसम्मको क्यासब्याक पाइने

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, ११ : ५२ मा प्रकाशित

खल्तीबाट नेपाल लाइफको प्रिमियम तिर्दा १५ सयसम्मको क्यासब्याक पाइने

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले १५ सय रूपैयाँसम्मको आकर्षक क्यासब्याक पाउने भएका छन् ।

हिजाे भाद्र ७ गतेदेखि सुरु भएर सिमित अवधिको लागि सञ्चालन हुने उक्त अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ।

खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् । 

नेपाली बजारमा गरीने हरेक भुक्तानी प्रक्रिया डिजिटाइज गरि ग्राहकवर्गहरुको समय र पैसा बचत गर्ने हेतुले उक्त अफर कार्यान्वयनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रवन्धक पवल खरेलले बताएका छन्। 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क खल्ती बाट तिर्न बिमितले निम्न सरल तरिकाहरु अपनाउनु पर्नेछ :

१. खल्ती एप लगइन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने 

२. “नेपाल लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने 

३. अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने 

४. अन्त्यमा “पेमेन्ट” अप्सन छानी भुक्तानी गर्ने 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको