Like us!
Follow us!
Connect us!
Watch us!

युट्युबको सेयर निष्कासन भएको भन्दै युट्युबर ठगि धन्दा, २ जना पक्राउ

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, १६ : १३ मा प्रकाशित

युट्युबको सेयर निष्कासन भएको भन्दै युट्युबर ठगि धन्दा, २ जना पक्राउ

सुर्खेतमा युट्युबको सेयर निष्कासन भएको भन्दै ठगि गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । आफू पत्रकार भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले  प्रहरीले धर्मेन्द्र शाही र राजेन्द्र विकलाई पक्राउ गरेको हो । 

उनीहरुले ‘सुर्खेत न्यूज २४’ युट्युब च्यानल खोलेर विभिन्न व्यक्तिहरुलाई युट्युबको सेयर निष्कासन भएको भन्दै ठगि गरेका थिए । स्थानीय व्यक्तिहरुबाट ५० हजार ठगेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।  

उनीहरुले सेयर सदस्य बनाउँछु भन्दै पैसा उठाएर सेयर सदस्य नबनाएर ठगी गरेको उजुरीका आधारमा शाही र विकलाई भदौ ३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको