Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रसिंह साउद राजिनामा दिन अर्थमन्त्रालयमा

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, १७ : ०३ मा प्रकाशित

चन्द्रसिंह साउद राजिनामा दिन अर्थमन्त्रालयमा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद राजिनामा दिन अर्थ मन्त्रालयमा पुगेका छन् । उनी राजिनामाकाे पत्र लिएर भर्खरै अर्थमन्त्रालय पुगेका हुन् ।

उनले अहिले साँझ ५ बजे नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको पनि आयोजना गरेका छन् । पत्रकार सम्मलेनमा उनले राजिनामाकाे सूचना दिन लागेका बुझिएकाे छ । उनको कार्यकाल आगामी असोज २२ गते सकिँदैछ । 

हालै मात्र उनी सर्वाेत्तम सिमेन्टकाे सेयर खरिद प्रकरणमा पनि मुछिएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको