एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मा सुदेश खालिङ राई दोहोरिएका छन् । बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले उनलाई पुनस् सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकको अनुसार उनको नयाँ कार्यकाल असोज ८ गतेदेखि सुरु हुने छ । उनलाई बैंकले २०७८ असोजमा सीईओ नियुक्त गरेको थियो । ४ वर्षको कार्यकाल सकिएपछि बैंकले उनलाई नै दोस्रो कार्यकालको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस