Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

बुधबार, ०९ भदौ २०७८, १२ : ११ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । संस्थाका संस्थापक सेयरधनीले आफ्नाे नाममा रहेकाे एक हजार एक सय ९० कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य ७ सय एक रूपैयाँ ताेकिएकाे छ । 

संस्थाले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाकाे केन्द्रिय कार्यालय, कमलपाेखरी, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, अनुसार प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएकाे छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6125e391d1f9a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको