Like us!
Follow us!
Connect us!
Watch us!

यी स्थानमा भारी वर्षाको सम्भावना, सर्तक रहन अनुराेध

अर्थ संसार

विहीबार, १० भदौ २०७८, १२ : ४६ मा प्रकाशित

यी स्थानमा भारी वर्षाको सम्भावना, सर्तक रहन अनुराेध

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभागको नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश  १,  प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी  प्रदेशका केही स्थानहरू, अन्य प्रदेशहरूका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

साथै, प्रदेश १, प्रदेश २,  बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। र, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,  बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका  थोरै  र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । साथै, प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको