Like us!
Follow us!
Connect us!
Watch us!

हेल्थ एट होमले भित्र्यायाे वैदेशीक लगानी

अर्थ संसार

आइतबार, १३ भदौ २०७८, १६ : २३ मा प्रकाशित

हेल्थ एट होमले भित्र्यायाे वैदेशीक लगानी

घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनलले बिजनेस अक्सिजनमार्फत वैदेशिक लगानी भित्र्याउन सफल भएको छ ।

स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने उदेश्यले हेल्थ एट होमले बैदेशीक लगानी भित्र्याएको हो । यो लगानी आएसँगै घरघरमा पुगेर सेवा गर्ने कार्य आम मानिसको पहुँचमा पुग्ने विश्वास गरिएको छ । साथै नयाँ लगानीले जनशक्ति विस्तार र रोजगारी सिर्जनामा पनि नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ । 

१२ वर्ष अगाडी डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होम मार्फत करिब १० हजार भन्दा बढी घरले स्वास्थ्य सेवा लिइरहेका छन् ।

बिजनेस अक्सिजन प्रा.लि. नेपालको पहिलो निजि इक्विटी कोष हो ।  यो अन्तराष्ट्रिय वित्त निगम,डिएफआइडी/एफसिडिओ/जलवायु लगानी कोष लगायतको कोषबाट सञ्चालित छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको