Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता

अर्थ संसार

सोमबार, १४ भदौ २०७८, ११ : ३८ मा प्रकाशित

नेपाल एसबिआई बैंक र आइसिएफसी फाइनान्सबीच सम्झौता

नेपाल एसबिआई बैंक लिमिटेडले आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडसँग सम्झाैता गरेकाे छ । बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको हाे ।

सम्झौतामा नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

जस अनुसार आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट  अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा पाउन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको