Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकको ऋणपत्रमा अब आज मात्र आवेदन दिन पाइने

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, ०८ : २५ मा प्रकाशित

नेपाल एसबिआई बैंकको ऋणपत्रमा अब आज मात्र आवेदन दिन पाइने

साउन १८ गतेदेखि नेपाल एसबिआई बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रको आज बन्द हुदैँछ । आवेदन खुला गरिएको समयमा माग अनुसार आवेदन नपरेपछि बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ को समय थप गरि साउन ३१ गतेसम्म आवेदन खुला गरिएको थियो। 

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्य ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको हो।  सर्वसाधारण मध्यमा ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। 

कति दिने आवेदन ?

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कहिले सम्म दिने आवेदन ?
साउन ३१ गतेसम्म 

कहाँबाट दिने आवेदन ?

धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा " मेरो सेयर"प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

को हो बिक्री प्रबन्धक ?

ऋणपत्रको  निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

 रेटिङ

 क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ। 

ब्याज कति ?

९ प्रतिशत

ब्याज भुक्तानी तरिका 

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको