Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र असार ३० गतेदेखि बिक्री खुला हुने

अर्थ संसार

आइतबार, २२ असार २०८२, १० : २० मा प्रकाशित

नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र असार ३० गतेदेखि बिक्री खुला हुने

नेपाल एसबीआई बैंक लिमिटेडले असार ३० गतेदेखि 'नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०' नामक ऋणपत्र निष्काशन गर्न लागेको छ। बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाइ ऋणपत्र बिक्रीमा ल्याउनेछ, जसको अंकित दर १ हजार रुपैयाँ रहेको छ।

यस ऋणपत्रमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत उपलब्ध हुनेछ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम १२ लाख इकाइसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिन चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय वा सीडीएससीको मेरो सेयर प्रणाली प्रयोग गर्न सक्नेछन्।

ऋणपत्र निष्काशन अवधि छिटोमा साउन १ गतेसम्म तोकिएको छ। तर उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा यो म्याद साउन १२ गतेसम्म लम्बिन सक्छ।

यो ऋणपत्र १० वर्षे अवधिको हो र यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।

उक्त ऋणपत्र निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड ले लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको