नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको ६६औँ सञ्चालक समितिको बैठकले विकास आनन्दलाई सञ्चालक समिति अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको छ। बैठक मिति २०८१ मंसिर १७ मा बसेको थियो।
विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रूपमा नियुक्त गरिएको थियो। नेपाल एसबिआई बैंकका प्रमुख संचालन अधिकृतको रूपमा काम गर्दै आएका आनन्दले केन्द्रीय संचालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा, तथा कानूनी मामिला लगायतका जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै आएका छन्।
सञ्चालकको रूपमा नियुक्त भएपश्चात उनले प्रचलित कम्पनी ऐनअनुसार गोप्यता र इमान्दारिताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण समारोहमा कम्पनीका अन्य सञ्चालक, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, र कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति रहेको थियो।
विकास आनन्दको नेतृत्वले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस