Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको सेयर मूल्य घट्न थाल्यो ? होल्ड गर्ने कि बेच्ने ?

नेप्से

मंगलबार, १५ भदौ २०७८, ११ : १६ मा प्रकाशित

जीवन विकास लघुवित्तको सेयर मूल्य घट्न थाल्यो ? होल्ड गर्ने कि बेच्ने ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएकाे दिनबाट निरन्तर बढ्दै गइरहेकाे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज (भदाै १५ गते, मंगलबार) भने ओरालो लागेको छ । कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ५ हजार एक सय ९६ रूपैयाँसम्म पुगेकाे थियाे ।

याे समाचार तयार पार्दासम्म संस्थाकाे सेयरमूल्य २.४२ प्रतिशत अर्थात् एक सय २३ रूपैयाँले घटेर ४ हजार ९ सय ५६ रूपैयाँमा काराेबार भइरहेकाे छ । संस्थाकाे सेयरमा ४ हजार ६ सय ७१ भन्दा धेरैकाे माग देखिँदा ४ हजार जना लगानीकर्ता मात्र बेच्न तयार देखिन्छन् ।

संस्थाले गत महिना असार ११ गतेदखि असार १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

जीवन विकास र महिला लघुवित्तको तुलना : कुन सूचकमा कुन बलियो ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदनहरुमध्येबाट ६९ हजार ९ जना आवेदकको आवेदन रद्द भएको थियो ।  कुल १४ लाख ७० हजार ७ सय ४० कित्ता आईपीओ रद्द भएको हो ।

कम्पनीको आईपीओमा परेको आवेदनमध्ये २० लाख १८ हजार ३ सय ८ जना मात्र योग्य आवेदक रहेका थिए । गोलाप्रथाबाट गरिएको बाँडफाँडमा बढीमा ११ कित्ता र थोरैमा १० कित्ता बाँडफाँड गरिएको थियो । आईपीओ वितरण गर्दा १ लाख ८४ हजार ८ सय १ जना आवेदकले १० कित्ताका दरले सेयर र १० कित्ता भन्दा धेरै आवेदन दिने ५ जनाले भने ११ कित्ताका दरले सेयर पाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको वित्तिय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ११३ रूपैयाँ ३४ पैसा रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०१.९७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ३४ करोड १४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४९.२९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ९४ करोड ८९ लाख ७९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । संस्थाको प्रतिसेयर नेटवर्थ ३१५ रूपैयाँ २२ पैसा रहेको छ । संस्थाको चुक्ता पूँजी ६० करोड ८४ लाख रूपैयाँ छ । संस्थाको जगेडा कोषमा एक अर्ब ३० करोड ९४ लाख रुपैयाँ छ ।

कम्पनीको वित्तिय विवरण हेर्दा कम्पनी आधारभुत रुपमा एकदमै बलियो देखिन्छ । कम्पनीको जगेडा कोषमा कम्पनीको चुक्ता पुँजीभन्दा दुई गुणाभन्दा बढि रकम सञ्चित छ। कम्पनीका सबै सूचकहरु एकदमै बलिया देखिन्छन् जसका कारण पनि लगानीकर्ताहरुमा कम्पनीले उच्चदरमा लाभांश वितरण गर्ने अपेक्षा देखिन्छ । 

ओपन एण्ड फण्डमा लगानीको अवसर,सिईओ भन्छन- भविष्य हेरेर लगानी गर्नुहोस | NMB Saral Bachat Fund- E

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको