Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपले यी २ वटा आयोजनाको सेयरमा लगानी गर्ने

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, ११ : १८ मा प्रकाशित

ङादी ग्रुपले यी २ वटा आयोजनाको सेयरमा लगानी गर्ने

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २ वटा जलविद्युत आयोजनाको सेयर खरिद गर्ने भएको छ । कम्पनीको आज (भदाै १५ गते, मंगलबार) बिहान बसेको सञ्चालक समितिको बैठकले २ वटा जलविद्युत आयोजनाको सेयर खरिद गर्ने निर्णय गरेको हो ।

कम्पनीले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सञ्चालन गरेको सुपरमाई ए जलविद्युत आयोजना (९.६० मेगावाट) र माइखोला क्यास्केड आयोजना (३ मेगावाट) को सेयर किन्ने निर्णय गरेको हो । कम्पनीले सुपरमाई ए जलविद्युतको ७६.५८ प्रतिशत र  माइखोला क्यास्केड आयोजनाको शतप्रशित (१००%) सेयर किन्नेछ। 

यी दुवै आयोजनाबाट हाल विद्युत उत्पादन भइरहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

612db9629e238.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको