Like us!
Follow us!
Connect us!
Watch us!

अब खल्तीबाट कुनै पनि सहकारीमा नि:शुल्क पैसा पठाउन सकिने

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, १३ : ३६ मा प्रकाशित

अब खल्तीबाट कुनै पनि सहकारीमा नि:शुल्क पैसा पठाउन सकिने

खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्ती मा उपलब्ध ४ सय भन्दा बढी सहकारीको खातामा नि:शुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ। 

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार रूपैयाँ र दिनको एक लाख रूपैयाँसम्मको रकम नि:शुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजार रूपैयाँसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ।

खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ । नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरी याे अफरमा सहभागी हुन सक्नेछन्। 

खल्ती बाट घरमै बसी सहकारी संस्थाहरुमा पैसा डिपोजिट गर्न वा सहकारीको ऋण तिर्न सकिने सुविधाबाट ग्राहकहरुको अमुल्य समय बचाउन पाउँदा आफूहरू उत्साहित रहेकाे सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिंगका वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले बताइन् ।

खल्ती बाट आफ्नो सहकारी खातामा नि: शुल्क रकम ट्रान्सफर गर्नको लागि :

१. खल्ती एप डाउनलोड गरी लग-इन गर्ने (नयाँ प्रयोगकर्ताहरुले साइन अप मा जाने)  

२. खल्ती को होम पेजमा गई “कोअपरेटिभ ट्रान्सफर” मा ट्याप गर्ने 

३. अब सम्पूर्ण विवरण दाखिला गरी “भ्यालिडेट कोअपरेटिभ अकाउन्ट” बटनमा दबाउने 

४. अन्त्यमा सबै विवरण यकिन भएको निश्चित गरि “ओके ” बटनमा ट्याप गर्ने 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको