Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १७ भदौ २०७८, ०७ : ३५ मा प्रकाशित

ङादी ग्रुपकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (भदाै १७ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि (भदाै १८ गते, शुक्रबार) देखि बुकक्लाेज गर्ने भएकाे छ । त्यसैले  आज (भदाै १७ गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको आठौँ वार्षिक साधारण सभा असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा हुँदैछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको