Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि क्यापिटलका २ वटा म्युचुअल फण्डकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

विहीबार, १७ भदौ २०७८, ०८ : ३६ मा प्रकाशित

एनएमबि क्यापिटलका २ वटा म्युचुअल फण्डकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

एनएमबि बैंक काेष प्रवर्द्धक रहेकाे एनएमबि क्यापिटल लिमिटेडले व्यवस्थापन गरेकाे २ वटा म्युचुअल फण्डहरूकाे लाभांश सुरक्षित गर्ने आज (भदाै १७ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । 

दुवै म्युचुअल फण्डले लाभांश प्रयाेजनका लागि भाेलि भदाै १८ गते, शुक्रबार बुकक्लाेज गर्ने भएका छन् । त्यसैले  आज (भदाै १७ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम ईकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनएमबि क्यापिटलकाे साउन ३२ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको नाफाबाट एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई करसहित २० प्रतिशत र एनएमबि ५० का इकाईधनीहरूलाई करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको