Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश वितरण गर्न एनआईसी एशिया क्यापिटलका २ वटा म्युचुअल फण्डले ताेके बुकक्लोज मिति

अर्थ संसार

विहीबार, १७ भदौ २०७८, ०८ : ५४ मा प्रकाशित

लाभांश वितरण गर्न एनआईसी एशिया क्यापिटलका २ वटा म्युचुअल फण्डले ताेके बुकक्लोज मिति

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डहरूले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेका छन् । एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले बुकक्लोज मिति ताेकेका हुन् ।

दुवै म्युचुअल फण्डले लाभांश प्रयाेजनका लागि भदाै २७ गते बुकक्लाेज गर्ने भएका छन् । त्यसैले, भदाै २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । २५ गते शुक्रबार र २६ गते शनिबार परेकाे छ ।

एनआईसी एशिया क्यापिटलकाे श्रावण १५ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6130416e2f72e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको