Like us!
Follow us!
Connect us!
Watch us!

विद्यालय खुलाउने कि नखुलाउने अन्योलमा कामपा

अर्थ संसार

विहीबार, १७ भदौ २०७८, १७ : १५ मा प्रकाशित

विद्यालय खुलाउने कि नखुलाउने अन्योलमा कामपा

काठमाडौं महानगरपालिकाले तत्काल विद्यालय खोल्ने/नखोल्नेबारे छलफल भइरहेको बताएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् ।

उनले भने, ‘काठमाडौं उपत्यकाका अन्य स्थानीय तहजस्तो महानगर होइन, यहाँ विद्यार्थीको अत्यधिक संख्या छ उनीहरुलाई सुरक्षित राख्दै पठनपाठनलाई सञ्चालन गर्नुपर्छ, त्यसका लागि छलफल भइरहेको छ ।’ ‘विद्यालय उमेर समूहका १८ वर्षमुनिका बालबालिका कारोना भाइरस संक्रमणबाट बढी जोखिममा रहेकाले दुई दिन खोलेर बन्द गर्दा थप समस्या उत्पन्न हुन्छ, त्यसका लागि सञ्चालन गर्नुपूर्व छलफल गर्नुपर्छ’, उनले भने ।

कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय सञ्चालनमा छ । सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थीले पठनपाठन गर्दछन् ।  

सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने भनेको थियो ।

कोभिड–१९ को दोस्रो लहर आएको जनाउँदै सरकारले गत वैशाख १६ गतेदेखि दोस्रोपटक लकडाउन गर्दा देशका सम्पूर्ण विद्यालय बन्द भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको