सोमबार भएको ‘जेनजी’ आन्दोलनको प्रभाव राजधानीका विद्यालयमा देखिएको छ। काठमाडौं महानगरपालिकाले परिस्थितिलाई मध्यनजर गर्दै भदौ २४ देखि २६ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
भ्रष्टाचारसहित विभिन्न मुद्दाविरुद्ध उत्रिएको नयाँ पुस्ताको विरोध प्रदर्शन हिंसात्मक बनेपछि राजधानी अशान्त भएको थियो। यस क्रममा १९ जनाले ज्यान गुमाएका थिए भने धेरै घाइते भएका छन्।
यसै कारण सुरक्षात्मक सावधानी स्वरूप महानगरले तीन दिन विद्यालय बन्द गर्ने निर्णय लिएको हो। महानगरको भनाइमा, यसबीचमा विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक मूल्याङ्कनपछि मात्रै विद्यालय सञ्चालनबारे अर्को निर्णय लिइनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस