Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा (सूचनासहित)

अर्थ संसार

शुक्रबार, ०१ असार २०८०, १७ : २५ मा प्रकाशित

आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको घोषणा (सूचनासहित)

नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ । आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले बन्दसहितको आन्दोलनको घोषणा गरिएको परिषद्ले जनाएको हो।  

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको