जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलीस्वरूप निजी विद्यालयहरूमा दुई दिन शोक बिदा दिइने भएको छ।
नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै भदौ २४ र २५ गते विद्यालय सञ्चालन नगर्ने निर्णय सार्वजनिक गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “देशका विभिन्न भागमा भएको आन्दोलनका क्रममा थुप्रै युवा र विद्यार्थीले ज्यान गुमाउनु परेको अत्यन्त पीडादायी अवस्था सिर्जना भएको छ। सयौँ घाइते अस्पतालमा उपचाररत छन्, जसले शैक्षिक मात्र नभई सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको छ।”
संयुक्त संस्थानहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै यस्तो गम्भीर क्षणमा शैक्षिक क्षेत्र पनि दुःखमा सहभागी हुने उल्लेख गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस