Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार

शुक्रबार, १८ भदौ २०७८, ०७ : ५५ मा प्रकाशित

लुम्बिनी विकास बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

बैंकले साविकका वीरगञ्ज फाइनान्स, एच एण्ड वि डेभलपमेन्ट र लुम्बिनी फाइनान्सकाे विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेकाे नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले ३० दिनभित्र बैंकको केन्द्रिय कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमाेजिम स्थापना भएकाे "लगानीकर्ता संरक्षण कोष" मा जम्मा हुनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6131840d05d9b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको