Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जी ३ करोड ८५ लाख नोक्सानीमा, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, १८ भदौ २०७८, ११ : ४३ मा प्रकाशित

लिवर्टी इनर्जी ३ करोड ८५ लाख नोक्सानीमा, ईपीएस कति ?

लिवर्टी इनर्जी कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनी ३ करोड ८५ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । उक्त नाेक्सानी गत वर्षकाे तुलनामा थाेरै हाे । गत वर्षकाे यसै अवधिमा कम्पनी ५ करोड ८ लाख ९८ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । 

कम्पनीले हालसम्म विद्युत बिक्री गरेकाे छैन । कम्पनीले निमार्ण गरिरहेको आयोजनाबाट हालसम्म विद्युत उत्पादन भएकाे छैन । त्यसैले पनि कम्पनी नाेक्सानमा रहेकाे हाे ।

चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष भने १५ करोड ९ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रूपैयाँ ५७ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ९४ पैसा रहेकाे छ ।

कम्पनीले गत वर्ष भदाै ३ गतेदेखि भदाै ७ गतेसम्म जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । कम्पनीको आईपीओमा आवेदन दिने सबै लगानीकर्ताले सेयर पाएका थिए। जसमध्ये, १० देखि ३० कित्तासम्मका लागि आवेदन दिनेले माग अनुसार नै र ३० कित्ताभन्दा माथि आवेदन दिने २५ हजार ६ सय २० जनाले ४० कित्ता पाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको