Like us!
Follow us!
Connect us!
Watch us!

कात्तिक २० सम्म सेयर राख्नु भएको छ भने लिबर्टी इनर्जीको हकप्रद सेयरमा लगानी गर्ने अवसर!

अर्थ संसार

शुक्रबार, ०७ मंसिर २०८१, ०९ : ०१ मा प्रकाशित

कात्तिक २० सम्म सेयर राख्नु भएको छ भने लिबर्टी इनर्जीको हकप्रद सेयरमा लगानी गर्ने अवसर!

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आगामी मंसिर १६ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको छ। कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजीको १:०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्ने योजना बनाएको हो।

आवेदन प्रक्रिया
लगानीकर्ताले प्रभु क्यापिटल, लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिन्छ।

हकप्रदको उद्देश्य
हकप्रदबाट प्राप्त रकम कम्पनीले विभिन्न योजनामा लगानी गर्नेछ:

  • माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको ऋण भुक्तानीको लागि ५५ करोड रुपैयाँ
  • आयोजना निर्माणका लागि बाँकी खर्च भुक्तानी गर्न १५ करोड ३२ लाख
  • लोदोखोला साना जलविद्युत आयोजना लगानी गर्न ४ करोड २४ लाख रुपैयाँ

आवेदन गर्ने अन्तिम मिति
हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति पुस ७ गते रहेको छ।

बुक क्लोज 
कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसैले, कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले मात्र हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद बिक्री प्रबन्धक
हकप्रद सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

स्वीकृति
कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २३ गते स्वीकृति प्राप्त गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको