Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीले ५०% हकप्रद सेयर बाँडफाँड गर्यो, उठेको रकम परियोजना निर्माणमा लगानी

अर्थ संसार

सोमबार, २२ पुस २०८१, ०८ : २८ मा प्रकाशित

लिवर्टी इनर्जीले ५०% हकप्रद सेयर बाँडफाँड गर्यो, उठेको रकम परियोजना निर्माणमा लगानी

लिवर्टी इनर्जी कम्पनी लिमिटेडले हालै आफ्नो ५० प्रतिशत हकप्रद सेयर बाँडफाँड सम्पन्न गरेको छ। पुस २१ गते सम्पन्न यस बाँडफाँडमा, कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद सेयर वितरण गरेको हो।

यो हकप्रद सेयर गत कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीहरूका लागि मंसिर १६ देखि पुस ७ सम्म आवेदन खुला गरिएको थियो। कम्पनीले नियमअनुसार आवेदन दिएका सेयरधनीहरूलाई उक्त सेयर प्रदान गरेको छ।

हकप्रदबाट संकलित रकम कम्पनीका विविध परियोजनाहरूमा लगानी गरिनेछ। माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि ५५ करोड रुपैयाँ छुट्याइएको छ भने आयोजनाको बाँकी खर्च पुरा गर्न १५ करोड ३२ लाख रुपैयाँ र लोदोखोला साना जलविद्युत् आयोजनामा ४ करोड २४ लाख रुपैयाँ लगानी गरिनेछ।

यस हकप्रद सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको