आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १ अर्ब १५ करोड ७६ लाख रूपैयाँकाे ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न हिजाे (भदाै १७ गते, बिहीबार) सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले १:०.४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।
हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । बीमा समितिले पनि कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिइसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस