Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरकाे साधारण सभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित

अर्थ संसार

शुक्रबार, १८ भदौ २०७८, १६ : २६ मा प्रकाशित

सिनर्जी पावरकाे साधारण सभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे पन्ध्राैँ वार्षिक साधारण सभा आज (भदाै १८ गते, शुक्रबार) सम्पन्न भएकाे छ ।  उक्त सभा कम्पनीकाे रजिष्टर्ड कार्यालय, बालुवाटारमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । 

सभामा सञ्चालक समितिकाे तर्फबाट कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएकाे छ । 

सभामा कम्पनीकाे २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ । त्यसै गरी सभाले सञ्चालक समितिको प्रति बैठक भत्ता अध्यक्षको १० हजार रुपैयाँ र सदस्यको ८ हजार रुपैयाँको प्रस्ताव समेत पारित गरेको छ । 

यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिएकाे छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियाे ।

यसका साथै, सभामा आर्थिक वर्ष २०७७/७८ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू तथा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरू छलफल गरी पारित गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको