Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको पर्यटन प्रवद्र्धनमा श्रीलंकाले सघाउने

अर्थ संसार

शनिबार, १९ भदौ २०७८, ०९ : ३९ मा प्रकाशित

नेपालको पर्यटन प्रवद्र्धनमा श्रीलंकाले सघाउने

श्रीलंकाले नेपालमा पर्यटन प्रवद्र्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अघिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ । नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपाल र श्रीलंकाबीच लामो सांस्कृति सम्बन्ध रहेको भन्दै त्यसलाई अब औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताइन् ।

परिसंघ कार्यालय थापाथलीमा भएको छलफलमा राजदूत अरुणतिलकाले नेपाली निर्यातकर्तालाई श्रीलंकामा सहज पहुँच र बजारका लागि आफूले पहल गर्ने बताइन् । हामीले आर्थिक सम्बन्धलाई बलियो बनाउनुपर्नेछ,’ उनले भनिन् । दुई देशबीच सिधा हवाई सेवा सुरु भएको भन्दै उनले यसले आपसी सञ्जाल विस्तारमा थप सहयोग गर्ने उल्लेख गरिन् । हामी दुई देशका निजी क्षेत्रलाई पनि निकट बनाउँदै एक आपसमा लगानी अभिवृद्धि र आर्थिक सम्बन्ध विस्तारमा जोड्न सक्छौँ,’ उनले थपिन् ।

छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले औद्योगिक विकासका लागि आन्तरिक र बाह्य लगानीकर्ताबाट ठूलो लगानीको अपेक्षा गरेको भन्नुहुँदै श्रीलंकाली लगानीकर्तालाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्नुपर्ने बताए ।

‘नेपाल सिमेन्ट, जुत्ता चप्पल जस्ता क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने अवस्थामा छ, यसबाहेक धेरै क्षेत्रमा हाम्रा संभावना छन्, त्यस्ता क्षेत्रमा श्रीलंकाली लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ’ अध्यक्ष अग्रवालले भने ।

छलफल कार्यक्रममा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले एसियाली देशहरूका निजी क्षेत्रका संस्थालाई जोड्ने उद्देश्यले परिसंघको अगुवाईमा युनियन अफ एसिएन चेम्बर्स गठन गरिएको बताए । यसमार्फत एसियाली देशहरूका निजी क्षेत्रका संगठनबीच एकता कायम गरी लगानी अभिवृद्धि र व्यापार सहजीकरणमा सहकार्य गर्ने उल्लेख गरे ।

कार्यक्रममा परिसंघका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे र रोहित गुप्ता एवं महानिर्देशक यादवप्रसाद पौड्याल र श्रीलंकाली राजदूतावासकी काउन्सेलर निलुशा दिल्मिनीको उपस्थिति थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको