Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली जुत्ताघरका ३ वटा सोरुममा दशैं अफरः ५० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल

अर्थ संसार

आइतबार, २० भदौ २०७८, १० : ४८ मा प्रकाशित

नेपाली जुत्ताघरका ३ वटा सोरुममा दशैं अफरः ५० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल

नेपालीे जुत्ताचप्पलको मल्टीब्राण्ड सोरुम नेपाली जुत्ताघर प्रा.लि.ले चाडपर्वको अबसर पारेर जुत्तामा नयाँ अफर सुरु गरेको छ । यस अबसरमा जुत्ता घरले सबै प्रकारका जुत्ताचप्पलमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने भएको छ ।

नेपाली जुत्ताघरमा बिएफ डियर हिल सुज, शिखर सुज, क्रस रोड सुज र कोशेली ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् ।

नेपाली जुत्ताघरका काठमाडौंको नयाँ बसपार्क, माछापोखरीस्थित बुद्ध मल, महाराजगंज बाँसबारी जानेबाटो र ललितपुरको कुमारीपाटी सोरुम संचालनमा छन् ।  
जुत्ताघरले विएफ डियर हिल सुजले आफ्नो जुत्ता उत्पादनको २१ बर्ष पूरा गरेकोे अबसरमा नयाँ लोगोसहित नयाँ डिजाइनका जुत्ताहरु बजारमा ल्याएको छ । यसै अबसरमा कम्पनीले सुज ग्यालरीमार्फत १५ प्रतिशत छुटमा जुत्ता उपलब्ध गराउने बिएफ डियर हिल सुजका संचालक होमनाथ उपाध्यायले जानकारी दिए ।

जुत्ताघरले बालाजु र कुमारीपाटीबाटे ५ सय रुपैयाँमा एक जोर र ८ सय रुपैयाँमा दुई जोर जुत्ता उपलब्ध गराउने अफर ल्याएको छ । यसै गरी बाबुको मुख हेर्ने औंशीको उपलक्षमा नयाँ मोडलका जुत्ताहरु बिशेष छुटमा उपलब्ध गराउने जुत्ताघरले जनाएको छ ।  

नेपाली जुत्ताघरमा पार्टी, क्याजुअल, स्पोर्टस, युनिफर्म जुत्ता तथा पुरुष महिलाका लागि चप्पल गरी १००० भन्दा बढी मोडलका जुत्ताचप्पलहरु उपलब्ध छन् । सुज ग्यालरीले विवाहको सिजन र स्कुलको नयाँ शैक्षिकसत्रलाई समेत लक्षित गरेर जुत्ताहरु उपलब्ध गराउने भएको छ ।

613451bc2b723.jpg 613451c573a4e.jpg 613451c82d3dd.jpg 613451cc96ae9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको