Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपमा जुत्ता मेला : ७० प्रतिशतसम्म छुट, ६ महिनाकाे वारेन्टी

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, ११ : ०४ मा प्रकाशित

भृकुटीमण्डपमा जुत्ता मेला : ७० प्रतिशतसम्म छुट, ६ महिनाकाे वारेन्टी

कोरोनाको प्रभावसँगै बन्द भएको बजार विस्तारै पूर्वावस्थामा फर्किने क्रममा छ । कोभिडको प्रभाव कम रहेको बेला बजारलाई चलायमान बनाउन र ग्राहकलाई बजारमा फर्काउन तथा नेपाली उत्पादनलाई बजार प्रदान गर्न फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालले काठमाडौँको भृकुटीमण्डपमा जुत्ता चप्पल मेला आयोजना गरेको छ ।

१०० रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका नेपाली ब्रान्डका जुत्ता चप्पल उक्त मेलामा राखिएका छन् । १० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुट प्रदान गरेको उक्त मेलामा नेपाली ब्रान्डहरुमा ६ महिनासम्मको वारेन्टी प्रदान गरेको छ। देशभरी रहेका १५ सय जुत्ता चप्पल उद्योगको प्रतिनिधित्व गर्दै २५ वटा नेपाली कम्पनीको उत्पादन राखिएको आयोजकले जनाएको छ ।

वृद्ध बालक पुरुष महिला सबैलाई हुने सबै साइजका सबै प्रकारका कपडा लेदर रेजिनका जुत्ताहरु उपलब्ध रहेका छन् । ग्राहकहरु स्थलमा आएर सस्तो मूल्यका गुणस्तरीय ब्रान्डका जुत्ताहरु खरिद गरी नेपाली उत्पादनलाई हौसला दिन अनुरोध गरेको छ ।

कार्तिक २६ गतेबाट सुरु भएको यस मेला मंसिर १३ गतेसम्म सञ्चालन हुने पूर्वयोजना रहेको थियो । तर ग्राहकहरूको उत्साहलाई मध्यनजर गर्दै मेला मंसिर १९ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

मेलाकाे बारेमा अन्य जानकारी लिन तलकाे भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको