Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको व्यवसाय प्रवर्द्धन तथा जोखिम व्यवस्थापन तालिम सुरु

अर्थ संसार

आइतबार, २० भदौ २०७८, १२ : ०६ मा प्रकाशित

साधना लघुवित्तको व्यवसाय प्रवर्द्धन तथा जोखिम व्यवस्थापन तालिम सुरु

साधना लघुवित वित्तीय संस्था लिमिटेडकाे आयोजनामा वित्तीय संस्थामा कार्यरत अनुगमन अधिकृतहरुको क्षमता अभिवृद्धिका लागी व्यवसाय प्रवर्द्धन एवंम जोखिम व्यवस्थापनका आधारभुत सिप विकास कला र कौशल विषयक २ दिने तालिम शनिबारबाट  गोरखामा सूरु भएको छ ।

वित्तीय संस्थाका सञ्चालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाको प्रमुख आतिथ्यता र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेको अध्यक्षतामा सुरु भएको तालिममा सहभागीहरुलाई स्वागत गर्दै वित्तीय संस्थाकी वरिष्ठ प्रवन्धक सरिता ढकाले अनुगमन अधिकृतहरुको कार्यसम्पादन स्तर, क्षमता, सञ्चालित कार्यक्रम को गुणस्तर मापन तथा कर्मचारीहरुको सिकाईस्तर अभिवृद्धि गरी संस्थागत व्यवसायको प्रवर्द्धन गर्न र प्रभावकारी जोखिम व्यवस्थापनको रणनितीक योजना तय गर्न यस तालिमको आयोजना गरिएको बताएका छन् ।

तालिमको उद्धघाटन सत्र लाई सम्बोधन गर्दै वित्तीय संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले कर्मचारी वित्तीय संस्थाको सम्पती भएकाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । अनुगमन अधिकृत वित्तीय संस्थाको धरोहर रहेकोले शाखा कार्यालयहरुको अनुगमन कार्य गर्दा संयमित भई गर्न, कार्यक्रमको  गुणस्तर वृद्धि गर्न,संस्थागत सुशासन कायम गरी लक्ष्य अनुसारको प्रगती गर्न अनुगमन अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको