Like us!
Follow us!
Connect us!
Watch us!

अब सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने

अर्थ संसार

आइतबार, २० भदौ २०७८, १७ : ३३ मा प्रकाशित

अब सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त डिजिटल वालेट कम्पनी खल्तीले रेमिट्यान्स कम्पनी सम्सारा रेमिट मार्फत् देश तथा विदेशबाट पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने तथा नेपालको जुनसुकै ठाउँमा पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ। 

यस सेवा कार्यान्वयनमा आए सँगै अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पाउन र नेपालभरबाट पैसा पठाउन र पाउन दुवै सक्नेछन्। सम्सारा मार्फत् विदेशबाट प्राप्त गर्न सकिने राष्ट्रमा कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरु रहेका छन्। 

खल्ती बाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ। त्यसैगरी, नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको