Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकलाई सेयर बेच्न हम्मेहम्मे, मूल्य घटाउँदै पुन: बिक्रीमा ल्याउँदै

अर्थ संसार

सोमबार, २१ भदौ २०७८, ०८ : ३२ मा प्रकाशित

एनआईसी एशिया बैंकलाई सेयर बेच्न हम्मेहम्मे, मूल्य घटाउँदै पुन: बिक्रीमा ल्याउँदै

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (भदाै २१ गते, साेमबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । बैंकले यसअघि पनि पटक-पटक बिक्रीमा ल्याउँदा बिक्री नभएपछि फेरि बिक्रीमा ल्याएकाे हाे ।

बैंकले मेराे माइक्राेफाइनान्सकाे ८४ हजार ८ सय २९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ५ हजार ६५ कित्ता र नागरिक लगानी काेषको ३ लाख ८१ हजार ९ सय २ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

कुनकाे मूल्य कति ?

मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड = ५२९ रुपैयाँ

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड = ५४१ रुपैयाँ

नागरिक लगानी काेष = १२९४ रुपैयाँ

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आज (भदाै २१ गते, साेमबार) बाट भदौ ३१ गते, शुक्रबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले मेराे माइक्राेफाइनान्स र नागरिक लगानी काेषकाे सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । आरएमडीसी लघुवित्तकाे सेयरमा भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले मेराे माइक्राेफाइनान्स र आरएमडीसी लघुवित्तकाे हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी काेषकाे सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको