एनएमबि क्यापिटल लिमिटेडले भदाै १७ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा हालसम्म ८८ हजार जना लगानीकर्ताले आवेदन दिएका छन् । यस फण्डमा आवेदन दिने आज (भदाै २१ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।
याेजना व्यवस्थापक एनएमबि क्यापिटलका अनुसार साेमबार बिहान १० बजेसम्म ८८ हजार ७ सय ६४ जना लगानीकर्ताहरूले ५ कराेड २२ लाख २४ हजार ७ सय ३० इकाईका लागि आवेदन दिएका हुन् ।
एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईकाे ४० प्रतिशत अर्थात ४ कराेड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ ।
यस खुलामुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस