Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता

अर्थ संसार

सोमबार, २१ भदौ २०७८, १७ : ०३ मा प्रकाशित

महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले  नेपाल विद्युत प्रधिकरणसँग सम्झाैता गरेकाे छ । बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धी सम्झौता गरेको हाे ।

उक्त सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरु वा जो कोहिले पनि आफुले खपत गरेको विद्युतको महशुल बैंकको मोबाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् । सेवाग्राहीले मासिक ५ सय रूपैयाँसम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन ५ सय १ रूपैयाँ भन्दामाथी ५ लाख रूपैयाँसम्मको महशुल भुक्तानीमा पाँच रूपैयाँ मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ । 

महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्रधिकरणबीच भएको यस प्रकारको विद्युत महसुल संकलन सम्बन्धी सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ ।
 

                    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको