Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपाल (तराई) ले जित्याे "बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२०"

अर्थ संसार

मंगलबार, २२ भदौ २०७८, १३ : ०१ मा प्रकाशित

बोटलर्स नेपाल (तराई) ले जित्याे "बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२०"

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) ले बोटलर्स नेपाल (तराई) लिमिटेडलाई जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत “बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड” बाट सम्मानित गरेको छ ।

उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष २०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतीमा उत्कृष्टताका लागी यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो । बोटलर्स नेपाल लिमिटेडलाई गत वर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उप–विजेताको रुपमा पुरस्कृत गरेको थियो ।

कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स नेपाल (तराई) लिमिटेडको डीएनएमा आन्तरिक प्रक्रियाहरु र स्थापित पद्धतिको एक परिणामको रूपमा स्थापित रहेका छन् । २०२० को लागी बीपीए अवार्ड कर्पोरेट प्रशासन र अनुपालन मापदण्ड दुवै बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडद्वारा लागू गरिएको प्रमाण हो । 

भदौ १३ गते आयोजित एक समारोहमा यो अवार्ड सम्मानित इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालका अध्यक्ष सीए मदन शर्माले राजीव टन्डन, कन्ट्री फाइनान्स म्यानेजर र अशोक मण्डल, बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलरलाई प्रदान गरेका हुन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको